अफगातिस्तानको तालिबान सरकारले अमेरिकालाई चेतावनीपूर्ण भाषामा अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको छ।
तालिबान सरकारमा विदेश राजनीतिक मामिलाको उपमन्त्री रहेका मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तान स्वतन्त्र देश भएकाले अमेरिकाले दख्खल दिन नहुने बताएका हुन्।
आईतबार एक कार्यक्रममा अमेरिकी सेनाले अफगानिस्तान छाडेको विषयमा उनले भने,‘अमेरिकी सेना रातको अँध्यारोमा अफगानिस्तान छाडेर गएका थिए। अब हामी स्वतन्त्र रुपमा निर्णय लिनसक्छौं।’
स्टानिकजईका अनुसार चार महिनायता अफगान स्वतन्त्र छ र देशले आफ्नै ढंगले फैसलाहरु गरिरहेको छ।
सो क्रममा ४० वर्षे युद्धका कारण अफगानिस्तान कमजोर भएता पनि दुश्मनसँग आफूहरुले अझै ४० वर्षसम्म लड्नसक्ने क्षमता राख्ने उनको भनाइ छ।
तालिबान सत्तामा आएपछि अमेरिकामा रहेको अफगान सम्पत्ति रोक्का गरिएको छ। यसबीचमा महिलाविरोधी नीति र नियमहरु लागू भएका छन् जसको अमेरिकाले विरोध गरिरहेको छ। एजेन्सी