logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बीजेपी मेयरलाई आम आदमीले हरायो,पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी


अंकुरण खबर
1.04K
Shares

भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ ।

चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धैरै सिट जित्ने पार्टी बनेको छ । आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ ।

त्यहाँ बीजेपीले १२ र कांग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ ।

चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् । उनलाई आपका उम्मेदवारले पराजित गरे । आम आदमी पहिलो पटक चन्ढीगढमा चुनावी मैदानमा उत्रिएको थियो ।

जितपछि दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका संयोजक अरविंद केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाइ दिएका छन् ।

उन्होंने ट्वीटमा भनेका छन्, “चन्डीगढ नगर निगममा आम आदमी पार्टीको यो जित पञ्जावमा आउने लागेको बदलाव हो।”

गत निर्वाचनमा उक्त नगरपालिकामा बीजेपीले २० सिट जितेको थियो ।