logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

इजरायलले एभियन फ़्लू रोक्न १० हजार टर्की मार्ने, ५ लाख कुखुरा पनि मारिने


अंकुरण खबर
1.625K
Shares

इजरायलमा हाल एभियन फ़्लूका कारण ५ हजारभन्दा बढी प्रवासी सारस पंक्षी मरिसकेका छन्।

ती सारसहरु जमिन तथा तालहरुमा छरपस्ट भएका छन्।

यसबीचमा त्यहाँको सरकारले सो फ़्लूलाई रोक्नको लागि आफनो देशमा रहेको १० हजार टर्की चरा मार्ने निर्णय गरेको छ।

इजरायलका पर्यावरण मन्त्री तमर जेन्डबर्गले एभियन रोग इजरायलको इतिहासमा वन्यजन्तुको लागि सबैभन्दा ठुलो झटका भनेका छन्।

स्थानीय किसानलाई ५ लाख कुखुरा मार्न पनि भनिएको छ। बीबीसी