logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित


अंकुरण खबर
819
Shares

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ ।

नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ ।
भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।

यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ । एजेन्सी