logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु


अंकुरण खबर
481
Shares

भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

भारत प्रशासित कश्मीरको माता बैष्णो देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् । बिदाका कारण शनिबार मन्दिर जाने तिर्थालुको स‌ंख्या अन्य दिनभन्दा धेरै थियो ।

मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेको थियो । महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ । तर, शनिरबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेको थियो । एजेन्सी