logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ


अंकुरण खबर
741
Shares

दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको संसद नेसनल एसेम्बलीमा आगो लागेको थियो ।

शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।

आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् । एजेन्सी