दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएका छन् ।
चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले पुष्टि गरेको छ ।
आइतबार राजधानी बेइजिङ समयअनुसार दिउँसो ३ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ ।