logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एअर मरिशशको विमानमा शौचालयभित्र नवजात शिशु फेला पर्यो, एक महिला पक्राउ


अंकुरण खबर
637
Shares

एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्।

म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ।

एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए। उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्याएका थिए।

उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भयो।

अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ। उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ ।

उनीविरुद्ध नवजात शिशुलाई बेवारिसे अवस्थामा छाडेको आरोप छ।

बीबीसीको सहयोगमा