logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट ‘आईएचयू’ भेटियो, ४६ रुप फेर्नसक्ने


अंकुरण खबर
754
Shares

कोरोना भाइरसको विभिन्न भेरियन्टको त्रास यथावत् रहेको अवस्थामा यतिबेला फ्रान्समा नयाँ भेरियन्ट फेरि भेटिएको छ।

वैज्ञानिकहरुका अनुसार फ्रान्समा ‘आईएचयू’ B.1.640.2 नामक नयाँ भेरियन्ट भेटिएको हो। यो भेरियन्टले ४६ वटा रुप फेर्नसक्ने आँकलन गरिएको छ।

हाल विश्वभर ओमिक्रोन भेरियन्टको त्रास छ। यो निकै संक्रामक भएको बताइन्छ। यस्तै डेल्टा, कप्पा, अल्फा लगायतका भेरियन्टहरु पनि यथावत् छन्।

यसबीचमा आईएचयू भेरियन्ट भेटिएपछि वैज्ञानिकहरु हैरान भएका छन्। अफ्रिकी राष्ट्र क्यामरुनबाट फर्किएका १२ व्यक्तिमा यो नयाँ भेरियन्ट भेटिएको बताइएको छ।

यो कति खतरनाक छ भनेर हाल अनुसन्धानको क्रममा छ तर यसले ४६ पटकसम्म रुप फेर्नसक्ने बताइएको छ। एनडीटीभी