logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू


अंकुरण खबर
1.105K
Shares

भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ ।

कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो ।

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रीकालीन कर्फ्यू भने यथावत नै छ ।

कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।

यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रीकालीन कर्फ्यू लगाइएको थियो ।  तर, संक्रमण झन बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कर्फ्यू  लगाइने घोषणा गरेको थियो । एजेन्सी