logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘श्रीमती’ का कारण कपिल शर्मा तनावमा !


अंकुरण खबर
1.027K
Shares

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् ।

उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् । उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् ।