logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण, ५३४ जनाको मृत्यु


अंकुरण खबर
598
Shares

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढे पछि विभिन्न राज्यमा कर्फ्यू लगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

कोभिडका कारण भारतभर पछिल्लो २४ घन्टामा ५३४ जनाको मृत्यु भएको छ ।

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमि तमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्र पछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन् । बुधबार सम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।

एजेन्सी