logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु, सात जना घाइते


अंकुरण खबर
702
Shares

पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टा छुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चार माध्यमहरुले बुधबार जानकारी दिएका छन् ।

पाकिस्ताको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चुनियान सहर नजिकै मुल्तान सडकमा ट्रक पल्टिँदा अर्को एक जनाको मृत्यु हुनुको साथै अर्को एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।

मुख्यतया यहाँ मर्मत नगरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण दुर्घटना हुने गरेको पाइन्छ ।

एजेन्सी