logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलाडेल्फियामा घरमा आगो लाग्दा १३ जनाको मृत्यु


अंकुरण खबर
546
Shares

फिलाडेल्फियामा एउटा घरमा आगो लाग्दा कम्तिमा १३ जनाको जलेर मृत्यु भएको छ ।

तीन तले एउटा भवनको दोस्रो तलाबाट आगो सल्किएको थियो । आगलागीको कारण खुलेको छैन् । आगो नियन्त्रणमा ल्याउन करिव ५० मिनेट लागेको थियो ।

आगलागीमा मृत्यु हुने व्यक्तिहरुको उमेर यकिन नभएको त्यहाँको अग्नि नियन्त्रणको कार्यलयले जनाएको छ । आगो बुधबार विहान साढे ६ बजे लागेको थियो । अग्नी नियन्त्रक पुग्दा ठूलो मानवीय क्षति भैसकेको प्राप्त विवरणमा जनाइएको छ ।

आगलागीबारे प्रहरीले थप अनुसन्धान गरिहरेको छ । एजेन्सी