logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन थपिए ९० हजार भन्दा बढी संक्रमित


अंकुरण खबर
585
Shares

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ।

पछिल्लो २४ घण्टामा ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकै दिन ९० हजार ९२८ जनामा संक्रमण पुष्टि भएको र ३२५ जनाको ज्यान गएको हो । अघिल्लो दिनको तुलनामा बुधबार भारतमा ३० हजार भन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबार थपिने संक्रमितको संख्या ५८ हजार ९७ थियो ।

भारतमा सक्रिय संक्रमितको संख्या अहिले दुई लाख ८५ हजार भन्दा बढी रहेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । कुल संक्रमितको संख्या तीन करोड ५० लाख भन्दा माथि पुगेको हो ।