logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्समा देखिएको नयाँ भेरियन्ट ‘आइएचयू’ भारतसहित १९ देशमा भेटियो


अंकुरण खबर
520
Shares

ओमिक्रोनले विश्वमा संक्रमणको अर्को लहर निम्त्याएका बेला फ्रान्समा देखिएको ‘आइएचयू’ भेरियन्टले थप जोखिम बढाएको छ

फ्रान्समा मंगलवार देखिएको नयाँ भेरियन्ट ‘आइएचयू’ बुधबारसम्म भारतसहित १९ देशका चार सय व्यक्तिमा देखिएको छ

पहिलोपटक फ्रान्समा देखिएको बि।१।६४० नयाँ भेरियन्ट तीव्र फैलिन थालेको हो। आइएचयूमा स्पाइक प्रोटिमासहित ४६ भन्दा बढी म्युटेसन भेटिएको छ

 भारतमा नौ हजार नमुनाको जिन सिक्वेन्सिङ गर्दा एकजनामा आइएचयू देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म सबैभन्दा धेरै फ्रान्समा दुई सय ८७ जनामा आइएचयू पुष्टि भएको छ। कंगोमा ३९, जर्मनीमा १७ र बेलायतमा १६ जनामा देखिएको छ

 आइएचयूलाई विश्व स्वास्थ्य संगठनले निगरानीमा रहेको भेरियन्टका रूपमा वर्गीकृत गरेको छ। अत्यधिक म्युटेसन र छोटो समयमा धेरै संक्रमित फेला परे पनि यसलाई कम संक्रामक मानिएको छ

 फ्रान्सको इन्स्टिच्युट हस्पिटल युनिभर्सिटीअन्तर्गतको ‘आइएचयू मेडिट्रेनी इन्फेक्सन इन्स्टिच्युट’का विज्ञहरूको प्यानलले गरेको पछिल्लो सर्वेक्षणले भने फ्रान्समा तीन महिनाअघि नै यो भेरियन्ट देखिएको दाबी गरेको छ। सर्वेक्षणले गत नोभेम्बरमा दक्षिण–पूर्वी फ्रान्सको एउटै भौगोलिक क्षेत्रमा बसोवास गर्ने १२ व्यक्तिमा नयाँ भेरियन्ट पत्ता लागेको जनाएको थियो