logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्, बुलेट रेलमा चढेजस्तै लाग्यो


अंकुरण खबर
416
Shares

अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएको बताएका छन् ।

४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् ।

‘जब तपाई अन्तरिक्षमा जानुहुन्छ, तपाईलाई पृथ्वीमा दिक्क लाग्छ,’ उनले भने, ‘तपाई आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’

उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभावजस्ता विषयमा सामाजिक सञ्जालमा आफ्ना फलोअर्स अनुभव साटेका थिए । आफूलाई अन्तरिक्षमा कहिल्यै त्रास अनुभूति नगरेको उनले बताएका छन् ।

पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महशुस गरेको उनले बताए । ‘बुलेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्याबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो ।’ एजेन्सी