logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउडकी चर्चित गायिका असीस कौर आइन नेपाल


अंकुरण खबर
1.417K
Shares

शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएपुगेकी छन् ।

सो कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शकलाई मनोरञ्न दिने अयोजकले जनाएको छ ।

कार्यक्रममा असीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति पनि रहनेछ  ।

इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शो मा सहभागिता जनाएकी कौरको

पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ ।

पाँच वर्षको उमेर देखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी असीस कौरले २०२१ को फिल्म फेयर अवार्डमा समेत उनले हात पारेकी छन भने बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छन् ।