logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आयुष शर्माले छाडे सलमानको ‘कभी इद कभी दिवाली’


अंकुरण खबर
2.522K
Shares

बलिउडमा केही समयअघि मात्र अभिनेता आयुष शर्माले सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा अभिनय गर्ने चर्चा चलेको थियो ।

फिल्ममा उनले सलमानको कान्छो भाइको भूमिका निर्वाह गर्ने खबर बाहिर आएको थियो । तर पछिल्लो घटनाक्रमअनुसार आयुष यो फिल्ममा रहने छैनन् । उनले फिल्ममा अभिनयबाट हात झिकेका छन् ।

आयुषले करियरको यो मोडमा आफू प्रमुख भूमिकामा मात्र अभिनय गर्न चाहेकाले सलमानको ठूलो बजेटको फिल्मबाट आफूले हात झिकेको बताएका छन् । शर्मा सलमानका ज्वाइँ हुन् ।

‘आयुष शर्मा फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’को सफलताका कारण खुसी छन् । यो फिल्मले उनलाई आफ्नै बलमा फिल्म चल्न सक्छ भन्ने हिम्मत बढाएको छ । दर्शकले पनि उनको अभिनयलाई निकै मन पराएका छन् । जसकारण उनले ठूलो फिल्ममा सहायक चरित्रमा अभिनय गर्ने निर्णय लिएका छन् । किनकि उनी फिल्ममा हिरो बन्न चाहन्छन्’, आयुष निकट स्रोतले भनेको छ ।

फिल्ममा बेंकटेश र पूजा हेगडेको पनि अभिनय रहनेछन् । फिल्ममा पूजा सलमानको प्रेमिकाका रूपमा देखिनेछिन् भने शेंकटेश सलमानकै जस्तो चरित्रमा प्रस्तुत हुँदैछन् ।