logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरियाको टर्की सीमाक्षेत्रमा विस्फोट, तीन सैनिकको मृत्यु


अंकुरण खबर
2.47K
Shares

सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

दक्षिणपूर्वी सानलिउर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतंककारीहरुले राखेका विस्फोटक पर्दाथ विस्फोटमा परी तीन सैनिकहरू मारिएका मन्त्रालयले जनाएको छ।

सिरियाको उत्तरी सीमावर्ती शहर ताल अब्यादबाट एक सैन्य गाडी गुज्रिरहेको बेला विस्फोट भएको स्थानीय डेमिरोरेन समाचार एजेन्सी (डिएचए) ले जनाएको छ। टर्कीका सेना र यस क्षेत्रका वाईपीजी सदस्यहरूबीच सिरियाली सीमामा प्रायः गोलाबारी हुने गरेको पाइन्छ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएका र यसैक्रममा ४० हजार भन्दा बढीको ज्यान लिइसकेको छ।