logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा भारी वर्षाबाट दश जनाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ। सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ।

भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् । पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ ।

सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४  घन्टादेखि वर्षा निरन्तर रहेको छ ।

वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचनाहरु पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ।