logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा कर्मचारीको पारिश्रमिक ‘गहुँ’ !


अंकुरण खबर
364
Shares

तालिबानले सार्वजनिक क्षेत्रका कामदारको तलबको रूपमा गहुँ दिएका छन् ।

तालिबानले ‘फुड फर वर्क’ (काम गरेबापत खाद्यान्न दिने) कार्यक्रम अन्तर्गत ज्याला स्वरूप गहुँ दिएको हो । उसले काम गरेबापत खाद्यान्न दिने कार्यक्रमलाई विस्तार गरिरहेको बताएको छ ।

जसका लागि सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई दान दिइएको गहुँ प्रयोग गरिएको छ ।

संयुक्त राष्ट्र संघ (यूएन) ले अफगानिस्तानलाई उपलब्ध गराउन चार अर्ब ४० करोड डलर मानवीय सहायताका लागि आह्वान गरेको बेला यो कार्यक्रम आएको हो ।

तालिबानले सार्वजनिक क्षेत्रका कामदारको तलबको रूपमा गहुँ दिएका छन् । तालिबानले ‘फुड फर वर्क’ (काम गरेबापत खाद्यान्न दिने) कार्यक्रम अन्तर्गत ज्याला स्वरूप गहुँ दिएको हो । उसले काम गरेबापत खाद्यान्न दिने कार्यक्रमलाई विस्तार गरिरहेको बताएको छ ।

जसका लागि सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई दान दिइएको गहुँ प्रयोग गरिएको छ ।

संयुक्त राष्ट्र संघ ९यूएन०ले अफगानिस्तानलाई उपलब्ध गराउन चार अर्ब ४० करोड डलर मानवीय सहायताका लागि आह्वान गरेको बेला यो कार्यक्रम आएको हो ।

अफगानिस्तानमा पैसा जाने सम्बन्धमा कडा नियमहरू भए पनि तालिबानले आफ्नो सरकारी कोषमा मानवीय सहायता गर्ने बारे दाताहरूबीच प्रश्न उठाउन सक्छ ।

लाखौँ मानिसहरूलाई भोकमरीबाट जोगाउन तालिबानले सत्ता कब्जा गरेपछि पनि विदेशी सरकारहरूले केही मानवीय सहायतालाई निरन्तरता दिएका छन् ।

यद्यपि, ती सहायता अफगान सरकारलाई बाइपास गर्नका लागि भएका बताइएको छ । जसलाई प्रायः अन्तर्राष्ट्रिय संस्थाहरूले वितरण गर्छन् ।

अहिले भारतले धेरैजसो अघिल्लो अमेरिकी समर्थित अफगान सरकारलाई दिएको गहुँ करिब ४० हजार कामदारहरूलाई दिनको १० किलोका दरले तालिबानले दिइरहेको कृषि अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानले वाचा गरेको ३७ टनमध्ये १८ टन गहुँ तालिबानले लिइसकेको छ । यस्तै, भारतसँग ५५ टन भन्दा बढी गहुँको बारेमा कुरा भइरहेको कृषि मन्त्रालयका अधिकारीले बताएका छन् ।

यद्यपि, हालै दान दिइएको कति गहुँ तलबको रूपमा र कति मानवीय सहायताको रूपमा वितरण गरिएको छ भन्ने खुलाइएको छैन ।

बीबीसी