logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहिनन् चर्चित दक्षिण कोरियाली अभिनेत्री किम सू


अंकुरण खबर
741
Shares

चर्चित दक्षिण कोरियाली अभिनेत्री किम मि सूको निधन भएको छ।

३० वर्षीय किम मि सूको निधनको कारण भने अहिले सम्म थाहा नभएको कोरियाली ट्याब्लोइड ओसेनले लेखेको छ।

स्नोड्रपु नामक सिरिजबाट चर्चा कमाएकी किम मि सूको निधनको पुष्टि उनले काम गरिरहेको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले गरेको हो। कम्पनीले विज्ञप्ति जारी गरी उनको निधनबारे जानकारी दिएको हो।

किम मि सू मोडल समेत थिइन्। उनले सन् २०१८ मा लिपस्टिक रिभोलुसनु सिरिजबाट अभिनय थालेकी थिइन्। यसमा सहायक भूमिका मात्र खेले पनि उनको अभिनयको निकै चर्चा भएको थियो।

यस पछि उनी सन् २०२० मा हाइ, बाइ मामा सिरिजमा देखा परिन्। यसमा उनी प्रमुख पात्रकी बिहिनीका रूपमा देखा परेकी थिइन्। यसबीच पनि उनले केही कार्यक्रममा काम गरिन्।

उनलाई सबभन्दा धेरै चर्चा भने हालसालैको स्नोड्रपु कार्यक्रमले नै दिएको थियो।

एजेन्सी