logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विश्वमा २४ घण्टामा थपिए २३ लाख कोरोना संक्रमित


अंकुरण खबर
975
Shares

पछिल्लो २४ घण्टामा विश्वभर २३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ६० हजारजना रहेका छन्।

यस्तै, फ्रान्समा ३ लाख २४ हजार, भारतमा २ लाख ६८ हजार, इटलीमा १ लाख ८० हजार, अस्ट्रेलियामा १ लाख ३ हजार, अर्जेन्टिनामा ९६ हजार र बेलायतमा ८१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उक्त अवधिमा अमेरिकामा सबैभन्दा धेरै ८५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै‚ रसियामा ७२३, पोल्याण्डमा ४२९ र भारतमा ३१४ सहित विश्वभर साढे ५ हजारभन्दा बढीको मृत्यु भएको छ।