logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लता मंगेशकर अझै आईसीयू मै


अंकुरण खबर
780
Shares

भारतका वरिष्ठ गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ ।

समाचार एजेन्सी पीटीआईले आइतबार एक डाक्टरलाई उद्धृत गर्दै मंगेशकरको उपचारबारे जानकारी दिएको हो ।९२ वर्षीय लता मंगेशकर गत हप्ता लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् ।

त्यस पछि उनलाई मुम्बई स्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट(आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।

अस्पतालका एसोसिएट प्रोफेसर डा.प्रतीत समदानीले पीटीआईसँग भनेका छन्, ‘अहिले पनि वहाँको उपचार आईसीयूमा भइरहेको छ ।’ मंगेशकरकी भतिजी रचना शाहले बिहीबार उनको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै मिडियालाई परिवारको निजी मामिलालाई सम्मान गर्न अनुरोध गरेकी थिइन् ।

भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

एजेन्सी