logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍यो’


अंकुरण खबर
1.287K
Shares

बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् ।

१५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउन्ड र कार्यक्षेत्र सील गरिएको छ ।

बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीमा क्यानडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छिन् । ती पुरुष संक्रमणको कारण उनको ‘पोस्ट’ भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनले वाहिरबाट बारम्बार मेल प्राप्त गरेको उनले बताएका छन् ।

मेलमा सम्पर्कमा रहेका सबै कर्मचारीहरु अहिले क्वारेन्टिनमा छन् । अहिलेसम्म आठ जनाको परीक्षण नेगेटिभ आएको छ । चिनियाँ अधिकारीहरुले मेलमार्फत भाइरस निर्याता भएको दाबी गरे पनि केही अनुसन्धानकर्ताहरु भने यसबारे शंका व्यक्त गर्दै आएका छन् । भाइरस लामो समय सतहमा बाँच्न नसक्ने ती अधिकारीहरुले बताएका छन् । एजेन्सी