logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनका लडाकू विमान फेरि पुगे ताइवान


अंकुरण खबर
728
Shares

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।

चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।

ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर चेतावनी दिनका लागि विमान उडाइएको तङ सिजुनले बताए । एजेन्सी