logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु


अंकुरण खबर
377
Shares

क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् ।

सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ ।

घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी