जर्मनीको हाइडलबर्ग सहरमा एक बन्दुकधारीले गरेको अन्धाधुन्ध आक्रमणमा एकजनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार आक्रमणमा चारजना मानिसहरु घाइते भएका थिए । त्यसमध्ये उपचारको क्रममा एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार यो घटना हाइडलबर्गस्थित एक युनिभर्सिटीको लेक्चर हलमा भएको हो र आक्रमणकारीको पनि मृत्यु भएको छ ।
आक्रमणकारीले यो घटना गराइसकेपछि आत्महत्या गरेका थिए। यो आक्रमणको उद्देश्य के थियो भन्ने खुल्न सकेको छैन ।
सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार आक्रमणकारी यनिभर्सिटीका विद्यार्थी थिए ।
आक्रमणमा कुनै पनि राजनीतिक कारण नरहेको समाचारमा उल्लेख छ। जर्मनीमा बन्दुक राख्नेसम्बन्धी निकै कडा कानुन छ ।