logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा संक्रमितको संख्या ओरालो लाग्ने क्रम जारी


अंकुरण खबर
637
Shares

भारतमा कोरोना संक्रमितको संख्या ओरालो लाग्ने क्रम जारी छ।

पछिल्लो २४ घन्टामा भारतमा २ लाख ५५ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हिजो पुष्टि भएका संक्रमितको संख्याभन्दा ५० हजार १९० ले कम हो। भारतमा कोरोनाको दैनिक संक्रमणदर १५।५२ प्रतिशत रहेको छ।

हिजो भारतमा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो चार दिनयता भारतमा संक्रमित संख्या घट्दो छ। आइतबार ३ लाख ३३ हजार ५३३ र शनिबार ३ लाख ३७ हजार ७०४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसैगरि शुक्रबारको तथ्याङ्क हेर्ने हो भने ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ६७ हजार ७५३ कोरोना संक्रमण मुक्त हुँदा संक्रमणका कारण थप ६१४ जनाले ज्यान गुमाएका छन्। हिजोभन्दा मृत्यु हुनेको संख्या भने बढेको छ। हिजो ४३९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो।

त्यसैगरि भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ। एजेन्सी