logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : डब्लूएचओ


अंकुरण खबर
572
Shares

विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ ।

संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ ।

डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए ।

कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए ।

उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए । एजेन्सी