logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार


अंकुरण खबर
650
Shares

अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ ।

प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’ भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ ।

विरामीका बाबु डेभिड फर्गुसनले अस्पतालले  मुटु प्रत्यारोपण कुरिरहेको विरामीको सूचीबाट आफ्ना ३१ वर्षीय छोराको नाम हटाएको सीएनएनलाई बताएका छन् ।

यसअघि प्रत्यारोपणको सूचीमा रहेका ती व्यक्तिले कोभिड खोप लगाउन अस्वीकार गरेका थिए । ‘खोप उसकोे आधारभूत सिद्धान्त विपरित थियो । उसले खोपमा विश्वास नै गरेन,’ फर्गुसनले भने ।

प्रत्यारोपणका लागि विरामीले कोभिड १९ खोपसहित अमेरिकाको रोग नियन्त्रण तथा उन्मुलन केन्द्र, सीडीसीले सिफारिस गरेको खोप लगाउनुपर्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी