logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी


अंकुरण खबर
1.001K
Shares

मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् ।

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए । ग्रहको वायुमन्ड पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फँसेको’ थियो ।

मंगल ग्रहको व्यास चार हजार २२० माइल्स (६,७९१ किलोमिटर) छ । जबकी पृथ्वीको व्यास सात हजार (२६ माइल्स ९१२ हजार ७५५ किलोमिटर) छ ।

नासाको मार्स रिकोननाइसेन्स अर्बिटर (एनआरओ) अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्थित्व रहेको संकेत गर्छ । एजेन्सी