logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एप्पल बन्यो सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी, चीनमा ह्वात्तै बढ्यो व्यापार


अंकुरण खबर
741
Shares

एप्पल विश्वमै सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी बनेको छ।

अनुमान विपरित चीनमा पनि एप्पलको आइफोन सबैभन्दा बढी विक्री हुने फोन भएको छ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार चीनमा ६ वर्षमा पहिलोपटक एप्पलको स्मार्टफोन बढी रुचाइएको हो।

चीनमा एप्पलको सेयर तीन महिनायता २३ प्रतिशतले बढेको बताइएको छ। गतवर्ष सोही अवधिमा एप्पलको सेयर चीनमा १६ प्रतिशतले मात्र बढेको थियो।

एप्पलले सामसङ, भिभो लगायतका स्मार्टफोन कम्पनीलाई पछाडी छोडेको हो। डिसेम्बर यता एप्पलले १२३।९ अर्ब अमेरिकी डलर कमाएको छ।

अनुसन्धानअनुसार कोरोना महामारीका बेला मानिसहरुले धेरै इन्टरनेट चलाउन एप्पलको स्मार्टफोन र अन्य गजेटहरु प्रयोग गरेको उल्लेख गरिएको छ।