logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोदीलाई गान्धीको प्रश्नः चीनले कब्जा गरेको भूमि कहिले फिर्ता ल्याउने ?


अंकुरण खबर
533
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विपक्षी पार्टी काँग्रेस आईका नेता राहुल गान्धीले सीमा विवादबारे प्रश्न गरेका छन्।

गान्धीले ट्विटरमा भनेका छन्,‘चीनले मिराम तारोनलाई फिर्ता गरेको थाहा पाउँदा सान्त्वना मिल्यो। तर चीनले कब्जा गरेको जमिन भारतले कहिले पाउने, प्रधानमन्त्री जी ?’

हालै चिनियाँ सेनाले भारतका १७ वर्षीय किशोर मिराम तारोनलाई अपहरण गरेको खबर आएको थियो। त्यसपछि सीमा क्षेत्रमा चिनियाँ सेनाले उनलाई भारतीय सेनाको जिम्मा लगाएको छ।

पछिल्ला दिनहरुमा चिनियाँ सेनाहरु लद्दाखको सीमा क्षेत्रमा पुनः देखा पर्न थालेको समाचारहरु आइरहेका छन्।

भारतीय राज्य अरुणाचललाई त चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ। त्यहाँ चिनियाँ गाउँ बसाइएको खबर पनि आइरहेका छन्। यस सन्दर्भमा गान्धीले मोदीसँग सीमा क्षेत्रको विवादबारे प्रश्न गरेका हुन्।