logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मेक्सिकोमा भ्यान दुर्घटना हुँदा १२ जनाको मृत्यु


अंकुरण खबर
533
Shares

मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन्।

जलिस्को सिभिल प्रोटेक्शन एन्ड फायर डिपार्टमेन्टले ट्वीटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो।

राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमाण्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालीग रहेको बताएका छन्।

विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने गरिएको छैन तर दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म उक्त क्षेत्रमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएका छन्।

यहाँ गत वर्ष ट्राफिक दुर्घटनाका कारण १,०१५ जनाको मृत्यु थियो । यो मेक्सिको क्षेत्रमा अत्यधिक दुर्घटना हुनेमध्ये तेस्रो स्थानमा पर्दछ। एजेन्सी