logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व इतिहासमा आजः अमेरिकामा दास प्रथा अन्त्यदेखि बेलायत इयुबाट औपचारिक रुपमा अलग भएको त्यो दिन


अंकुरण खबर
1.274K
Shares

आज ३१ जनवरी २०२२ विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए प्रस्तुत विश्वमा आज भएका केही घटनाः

श्रीलंकामा शक्तिशाली विस्फोट

सन् १९९६ मा श्रृलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो । राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा ट्रकलाई बिस्फोट गराएको थियो ।

अमेरिकामा दास प्रथा अन्त्य
सन् १८६५ मा अमेरिकी संविधानमा १३ औं संशोधन परित भएको थियो । सो संशोधनले अमेरिकाले औपचारिक रुपमा नै दासप्रथा अन्त्य गरेको थियो ।

बेलायत औपचारिक रुपमा इुयुबाट अलग
आजकै दिन बेलायत औपचारिक रुपमा युरोपेली युनियनबाट अलगत भएको थियो । ब्रेक्जिटका पक्षमा मतदान गरेको तीन वर्षभन्दा बढी समयपछि विभिन्न चरणमा भएका वार्तापछि ३० जनवरी २०२० मा बेलायत युरोपेली युनियनबाट अलग भएको थियो ।

म्यानमार प्रजातन्त्रतर्फ उन्मुख
सन् २०११ मा म्यानमारको पहिलो निर्वाचित संसद वैठक बसेको थियो । सो घटनाले म्यानमारलाई प्रजातान्त्रतर्फ उन्मुख बनाएको थियो ।

अलास्का एयरलाइन्सनको विमान दुर्घटना
सन् २००० मा अलास्का एयरलाइन्सको उडान नम्बर २६१ को विमान प्रशान्त महासागरमा खस्दा विमानमा सवार सबै ८८ जनाको मृत्यु भएको थियो ।