logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोभिडः संक्रमित दर घट्दो, मृत्युदर बढ्दो


अंकुरण खबर
1.209K
Shares

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ ।

पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो ।

त्यस्तै, संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ ।

यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ ।

कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।