logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आणविक कार्यक्रमबारे विनाशर्त वार्तामा बस्न उत्तर कोरियालाई अमेरिकाको आह्वान


अंकुरण खबर
1.508K
Shares

अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ ।

उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सञ्चारकर्मीलाई भने, ‘केही गम्भीर छलफल सुरु गर्न पूर्णरुपमा उचित हो भन्ने हामी विश्वास गर्छौ ।’

अमेरिकाले अमेरिकी राष्ट्रपति जोन बाइडेन नेतृत्वमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ । तर, उत्तर कोरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेट गरेका थिए । तर, आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने किमको चाहना वार्तामार्फत पुरा हुन सकेको थिएन् ।

उत्तर कोरियाले सन् २०१७ पछिकै ठूलो मिसाई प्रहार गरेपछि एक अमेरिकी अधिकारीले त्यसबारे गम्भीर चासो देखाएका हुन् । ‘निश्चय नै हामीले उत्तरको पछिल्लो परीक्षणप्रति चासो देखाएका छौं’ ती अमेरिकी अधिकारीले भने ।

उत्तरको परीक्षण ‘ बढ्दो अस्थिरताको’ ढाचाको अंश भएको र त्यसले राष्ट्रसंघको सुरक्षा परिषदको संकल्प प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उनको भनाई छ ।

यसैबीच, आइतबारको परीक्षण पुनः लामो दूरीको हतियार परीक्षणको तयारी हुन सक्ने अमेरिकाले अनुमान गरेको छ । एजेन्सी