logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसियाले युक्रेनमाथि हमला गरे पुटिनका भित्रि वृत्तका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी


अंकुरण खबर
624
Shares

रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ ।

‘हामीले पहिचान गरेका व्यक्तिहरु क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरुले सरकारको निर्णयमा भूमिका खेल्छन्’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन् ।

उनले अगाडि भने, ‘रसियाका इलाईट र उनीहरुका परिवारका सदस्यहरुका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं’, उनले भनिन् ।

युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रसियाबीचको तनाब बढ्दो छ । रसियाले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरुले अनुमान गरेका छन् ।