logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड प्रतिबन्धमा प्रधानमन्त्री निवासमा गरिएका भोजबारे बेलायती प्रधानमन्त्रीले मागे माफी


अंकुरण खबर
1.092K
Shares

बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् ।

‘भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो । म उनीहरुको आक्रोश बुझ्छु ।’

तर, विपक्षीहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । लेबर पार्टीका नेता किर स्टार्मरले प्रधामन्त्रीले राजीनामा दिनुपर्ने पूर्ववत माग पुनः दोहो¥याए । भोज आयोजनाबारे प्रधानमन्त्रीकै पार्टी कन्जरभेटिभ भित्र पनि उनको विरोध हुँदै आएको छ ।

सो विषयबारे छानविन गर्न गठित समितिले भोज रोक्न नेतृत्व विफल भएको बताएको थियो । वरिष्ठ सरकारी कर्मचारी सुसान ग्रेको नेतृत्वमा गठित समितिले कोभिडको समयमा भोज आयोजना गर्न अनुमति दिनुमा ‘नेतृत्व दोषी’ भएको बताएकी छिन् ।

समितिले प्रधानमन्त्री निवासमा भएका १६ ओटा जमघटको अनुसन्धान गरेको थियो । एजेन्सी