logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा झन्डै पाँच अर्ब पीपीआई आइटम हिनामिना


अंकुरण खबर
520
Shares

बेलायतमा कोभिडको संभावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामाग्री खेरा जाने भएको छ ।

२ अर्ब ७० करोड युरो मूल्य बराबरको करिब पाँच अर्ब आइटम हिनामिना हुने भएको हो ।

ठूलो परिमाणको सामाग्री हिनामिन भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग नहुने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई सुरक्षा प्रदान नगर्ने सरकारले जनाएको छ ।

स्वास्थ्यमन्त्री इडवार्ड अर्गरले दिएको एउटा लिखित संसदीय सुनुवाई समितिलाई दिएको एक जवाफमा सो सामाग्री खेरा गएको उल्लेख छ । ‘सन् २०२० को मार्चमा महामारी फैलिएपछि सरकारको पीपीइ कार्यक्रमले ३६ अर्ब ४० करोड भन्दा बढी सामाग्री किन्न आदेश दिएको थियो । त्यो मध्ये ३ अर्ब ४० करोड इकाईलाई हाल सम्भावित अतिरिक्त स्टकको रुपमा पहिचान गरिएको छ । ती सामाग्रीको अनुमानित मूल्य दुई अर्ब २० करोड युरो छ,’ अर्गरले भने ।

उनले अगाडि थपे, ‘तीमध्ये १ अर्ब २० करोड आइटम प्रयोगका लागि उपर्युक्त छैन् । यसलाई किन्दा ४५ करोड ८० लाख युरो लागेको थियो ।’ तथ्यांकअनुसार अतिरिक्त स्टक र कामै नलाग्ने आइटम गरी ४ अर्ब ६० करोड आइटम हिनामिना भएको  छ । एजेन्सी