logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा नयाँ बजेट : ६० लाखलाई रोजगारी, ८० लाखलाई घर बनाइदिने


अंकुरण खबर
1.222K
Shares

भारतमा मंगलबार सन् २०२२-०२३ को बजेट प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लो सदन लोकसभामा बजेट प्रस्तुत गरिरहेकी छन् ।

नयाँ बजेटमा भारत सरकारले सन् २०२२-२३ मा विपन्न वर्गलाई ८० लाख घर बनाइदिनेछ । त्यस्तै, ६० लाखजनालाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ ।

डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ । बजेटमा किसानका लागि धेरै ठूलो राहत दिने घोषणा गरिएको छ ।