logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय


अंकुरण खबर
572
Shares

आज २०२२ को जनवरी प्रस्तुत विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

 दक्षिण अफ्रिका रंगभेद व्यवस्था अन्त्यतर्फ उन्मुख
सन् १९९० मा दक्षिण अफ्रिकामा रंगभेद व्यवस्था अन्त्यतर्फ उन्मुख भएको थियो । २ जनवरीमा तत्कालीन राष्ट्रपति डी क्लर्कले अफ्रिकन नेसनल कंग्रेस (एएनसी) माथि लगाउदै आएको प्रतिबन्ध फुकुवा गरिएको घोषणा गर्दै रंगभेद विरोधी नेता नेल्सन मन्डेललाई रिहा गर्ने तयारी गरेका थिए ।

जेम्स जोइसको कृति
सन् १९२२ को २ फेब्रुवरीमा जेम्स जोइसको कृति युलिस्सेस प्रकाशित भएको थियो । सो उपन्यासलाई आधुनिक साहित्यको सबैभन्दा महत्वपूर्ण पुस्तक मानिन्छ । सन् १८८२ को २ फेब्रुवरीमा जन्मिएका जोइसको मृत्यु सन् १९४१ को जनवरीमा स्वीट्जरल्यान्डको जुरिचमा भएको थियो ।

युगान्डामा क्रूर शासनको सुरुवात
सन् १९७१ मा युगान्डमा इडी अमिनले आफूलाई देशको राष्ट्रपति घोषणा गरेका थिए । आठ वर्ष लामो उनको शासनकाल क्रूरता र  दमनका लागि कुख्यात छ ।