logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कंगोमा विद्रोही समूहको आक्रमणमा परी ६० जनाको मृत्यु


अंकुरण खबर
1.911K
Shares

मध्य अफ्रिकी मुलुक कंगोमा संदिग्ध आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

विद्रोही समूहद्धारा बुधबार बिहान गरिएको संदिग्ध आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार कंगोको विद्रोही समूहले कंगोको आइटुरी प्रान्तमास्थित एक क्याम्पमा आक्रमण गरेको थियो । आन्तरिकरुपमा विस्थापित मानिसको लागि बनेको क्याम्पमा गरिएको आक्रमणमा परी कम्तीमा ६० मानिसको मृत्यु भएको हो ।

सो आक्रमणको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् । एजेन्सी