logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वाईट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले भने– पुटिनले केही दिनभित्र युक्रेनमा हमला गर्न सक्छन्


अंकुरण खबर
1.001K
Shares

अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् ।

‘हामी झ्यालमा छौं । कुनै पनि दिन वा केही सातापछि रसियाले युक्रेनमाथि सैन्य हमला गर्न सक्छ वा उसले कुटनीतिक मार्ग छनौट गर्न पनि सक्छ,’ फक्स न्युज सन्डेसँग सुलिभानले भने । पछिल्ला सातामा रसिया र युक्रेनबीचको तनाब चर्किएको छ । दुबै पक्षले सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेका छन् । तनाव अन्त्यका लागि कूटनीतिक पहल गर्न दुबै पक्षमाथि दबाब बढेको छ  ।

रसियाको सम्भावित अतिक्रमलाई लिएर अमेरिका र पश्चिमा देशहरुले त्रास व्यक्त गरेका छन् । युक्रेनमा आक्रमणको कुनै योजना नभएको तर सुरक्षासम्बन्धी माग पुरा नभए अनिर्दिष्ट सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने रसियाले बारम्बार माग गर्दै आएको छ ।

दुई देशबीचको बढ्दो तनावले युद्धको अवस्था निम्त्याएको र यसले एसियाली देशहरुमासमेत असर गर्ने विज्ञहरुले बताउँदै आएका छन् । रसियाले युक्रेन अतिक्रमणका लागि आफ्नो ७० प्रतिशत सुरक्षाकर्मी जम्मा गरेको अमेरिकी अधिकारीहरुले दाबी गरेका थिए । एजेन्सी