logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अहमदाबाद बिस्फोटः ३८ जनालाई मृत्युदण्ड, ११ जनालाई आजिवन कारावासको सजाय


अंकुरण खबर
637
Shares

भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम बिस्फोटका ३८ जना दोषीलाई मृत्युदन्ड सजाय सुनाइएको छ ।

एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो बिस्फोटका करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएका ती बिस्फोटमा ५६ जनाको मृत्यु भएको थियो ।

७० मिनेटको अन्तरालमा भएका २१ ओटा बिस्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।

यही ८ फेब्रुबरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो । १३ वर्ष पुरानो मुद्दामा अदालतले गत वर्ष सेप्टेम्बरमा सुनुवाइ समाप्त गरेको थियो ।

प्रहरीले प्रतिबन्धित स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया (एसआइएमआई) को गुट इन्डियन मुजाहिद्दिन नामक अतिबादी समूहमा आबद्ध व्यक्ति सो घटनामा संलग्न रहेको दाबी गरेको थियो । एजेन्सी