logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी दमनः प्रदर्शनकारीलाई भुइँमा फालेर पिठ्यु पछाडि हात बाँधियो


अंकुरण खबर
1.391K
Shares

क्यानडाको राजधानी सहर ओटावास्थित संसद भवन अगाडिको मुख्य प्रदर्शन क्षेत्रलाई क्यानडा प्रहरीले खाली गरेको छ ।

सरकारले ल्याएको कोभिडसम्बन्धी प्रावधानलाई लिएर प्रदर्शनकारीले तीन सातादेखि प्रदर्शन गरेका थिए ।

१७० भन्दाबढी प्रदर्शनकारी र ३८ ट्रकहरु पक्राउ परेका छन् । प्रदर्शनकारी हटाउन खटिएका प्रहरीहरुमध्ये कोही घोडामा चढेका थिए । उनीहरुले विरोध गर्ने केही प्रदर्शनकारीहरूलाई भुइँमा फ्याँकिदिएका थिए । उनीहरुका हातहरू पिठ्युपछाडि बाँधिएका थिए ।

प्रदर्शनकारीविरुद्धको कारवाही ओटावामा जारी रहेको प्रहरीले जनाएको छ । आन्दोलन नसकिएसम्म कारबाही जारी राखिने अन्तरिम प्रहरी प्रमुख स्टीभ बेलले बताए ।

केही प्रदर्शनकारीलाई प्रदर्शन क्षेत्रको मुटु मानिएको पार्लियामेन्ट हिलबाट वरपरका क्षेत्रहरुमा पुगेको बेलले बताए । ती क्षेत्रहरुबाट पनि प्रदर्शनकारीलाई हटाइने उनले बताए ।

यसलाई क्यानडाको इतिहासमै अहिलेसम्मकै ठूलो प्रहरी कारबाही बताइएको छ । प्रदर्शनकारीलाई हटाउन प्रहरीले खुर्सानीको धुलो प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ । ‘प्रदर्शनकारीको आक्रमक स्वभाव रोक्न तपाईहरुले रसायनिक उत्तेजक पदार्थ प्रयोग गरेको देख्न सक्नु हुनेछ,’ प्रहरीले भनेको छ ।

आफ्नै शैलीको फ्रिडम कन्भोयमाथिको दमन सुरु हुने वित्तिकै लाठी बोकेका सयौं प्रहरी प्रदर्शनकारीको जमघटको केन्द्र बनेको ओटावा झरेका थिए । एजेन्सी