logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसी कदमको राष्ट्रसंघद्वारा निन्दा, अमेरिकाले भन्यो– ‘बकबास’


अंकुरण खबर
546
Shares

बिखन्डनकारीको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले निन्दा गरेका छन् ।

रुसी कदमले किभको सार्वभौमसत्तामाथि उल्लंघन गरेको गुट्रेसले बताएका छन् ।

‘महासचिवले रुसी संघको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूसँग असंगत भएको मान्नुहुन्छ,’ महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रुसी कदमको अमेरिकाले बकबास भन्दै त्यसको निन्दा गरेको छ । ‘रुसले पूर्वी युक्रेनमा शान्ति स्थापनाको अभियान भनेको ‘बकवास’ हो । मस्कोले विखण्डित क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु युद्ध बहानाको एउटा अंश हो,’ राष्ट्रसंघका लागि अमेरिकी दूत लिन्डा थोमस–ग्रीनफिल्डले भनेकी छिन् । एजेन्सी