logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिम रुसमा फौज परिचालन भएको स्याटलाईट तस्विर सार्वजनिक


अंकुरण खबर
767
Shares

अमेरिकी अन्तरिक्ष प्राविधिक कम्पनी म्याक्सर टेक्नोलोजीले पश्चिम रुसमा नयाँ फौज र हतियार परिचालन भएको स्याटलाईट तस्विरहरु सार्वजनिक गरेको छ ।

युक्रेनसँगको सीमामा रहेको बेलारुसमा १०० भन्दा बढी गाडीहरुसमेत कम्पनीले सार्वजनिक गरेको तस्बिरमा देख्न सकिन्छ ।

केही दिनअघि रुस र बेलारुसले बेलारुसको भूमिमा बृहत सैन्य अभ्यास गरेका थिए । सो तस्विरबारे दुबै देशले कुनै टिप्पणी गरेको छैन् ।

रुसी सेनाले युक्रेनलाई घेरा हालेको अनुमान तस्विरका आधारमा गरिएको छ ।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसी अतिक्रमण सुरु भइसकेको टिप्पणी गरेका छन् । एजेन्सी